१ कार्तिक २०८३, आइतबार

हमासविरुद्ध लड्न स्वदेश फर्किदैँ हजारौं इजरायलीहरू

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । युद्वग्रस्त इजरायलमा देश बाहिर रहेका हजारौं इजरायली हमासविरुद्धको युद्ध लड्न स्वदेश फर्किरहेका छन् ।

विश्वभरबाट हजारौं इजरायलीहरू युद्धमा सामेल हुन आफ्नो देश फर्किरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ग्रीसदेखि न्यूयोर्कसम्मका एयरपोर्टहरूमा इजरायलीहरूको भीड लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले आरक्षित सैनिकको संख्या बढाएर ३ लाख ६० हजार पुर्‍याएको छ । यसै कारण इजरायलीहरू घर फर्कने दौड छ ।

गत शनिबारबाट सुरु भएको युद्धमा हालसम्म इजरायली र प्यालेस्टिनी गरी २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ ।