३० आश्विन २०८३, शुक्रबार

भूकम्पपीडितलाई निःशुल्क धानको बीउ वितरण, बीउ खोसाखोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhaanभक्तपुर, २१ जेठ । जिल्ला कृषि विकास कार्यालय भक्तपुरले भूकम्पले पूर्णरुपमा घर भत्किएर बीउ झिक्न नसकेका पीडित कृषकलाई निःशुल्क धानको बीउ वितरण गरेको छ ।

जिल्लामा १७ हजार ९३० किलो धानको धानको बीउ कृषकलाई वितरण गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बताउनुभयो ।

काभ्रे र भक्तपुरका किसानबाटै खरिद गरेको चाइनुङ्ग २४२, खुमल ४, खुमल १०, खुमल ११ जातको धानको बीउ जिल्लाको विभिन्न नगरपालिकाको दैवीप्रकोप व्यवस्थापन समिति र छ वटा कृषि सेवा केन्द्रबाट वितरण गरिएको हो ।

राष्ट्रिय बीउबिजन कम्पनीबाट १५ हजार किलो र सेभ द चिल्ड्रेनबाट दुई हजार ७०० किलो धानको बीउका लागि आएको अनुदानबाट धान खरिद गरेर वितरण गरिएको हो ।

धानको बीउको माग अत्यधिक भए पनि किसानको मागलाई पूरा गर्न नसकिएको उहाँको भनाइ छ । कार्यालय प्रमुख ढुङ्गानाले भन्नभयो– “भक्तपुरमा धानको बीउको मागलाई पूरा गर्न सकिएन, कतिपय सेवा केन्द्रमा कृषक धेरै आएर वितरणमा नै समस्या परेपछि कृषकले नै धान लुटेको समेत पाइयो ।”

अन्य जिल्लाको दाजोमा भक्तपुरमा रोपाइँ चाँडो हुने भए पनि धानको बीउ अभावले कृषकलाई समस्या परेको छ । रासस