
काठमाडौं, २५ असोज । युद्धग्रस्त इजरायलबाट नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् ।
व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी गएराति स्वदेश फर्किएकी हुन् ।

मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेकी हुन् ।
प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायल युद्धग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्किएकी हुन् । साम्बा वुमन्स लिगमा क्लब हापोयल रानानामा आबद्ध छिन् ।















प्रतिक्रिया