
काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको औचित्य नरहेको बताएका छन् ।
एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम पुगेका अध्यक्ष ओलीले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताएका हुन् ।
‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन,’ अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीलाई एमालेका नेता तथा कार्यकर्ताहरूलृ विमानस्थलमा स्वागत गरेका थिए । उनको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुगेका थिए ।















प्रतिक्रिया