
काठमाडौं, २४ असोज । नेपाली बजारमा पछिल्लो तीन दिन लगातार बढेको सुनको मूल्य आज बुधबार भने प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत सोमबार सुन एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य स्थिर रहेर मंगलबारकै मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया