२ कार्तिक २०८३, सोमबार

लगातार उकालो लाग्दै सुनको मूल्य

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाली बजारमा साताको तेस्रो आज मंगलबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो सोमबार पनि सुन एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि आइतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।