३० आश्विन २०८३, शुक्रबार

अस्ट्रियाले खोल्यो ७० हजारका लागि शरणार्थी आवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Austira

काठमाडौं, २१ जेठ । अस्ट्रियाले आफ्नो राष्ट्रमा यसवर्ष ७० हजार शरणार्थी आउने अनुमान गरेको छ ।

यस वर्ष करिब ७० हजार शरणार्थीले अस्ट्रियामा शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यो देशमा नेपाली पनि शरणार्थी बनेर अस्ट्रिया जाने गरेका छन् ।

हाल गरिएको यो अनुमान सन् १९६८ यताकै सवैभन्दा उच्च भएको जनाइएको छ । सन् १९६८ मा एक लाख ६२ हजार शरणार्थीले अस्ट्रियामा शरण पाएका थिए । सम्बन्धित देशको राजदूतावासबाट शरणार्थी आवेदन भरिन्छ । रासस/सिन्ह्वा