१ कार्तिक २०८३, आइतबार

भारतको यी ५ राज्यमा निर्वाचनको घोषणा हुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज ।  भारतको पाँच राज्यमा आज निर्वाचनको मिति घोषणा हुँदैछ ।

निर्वाचन आयोगले राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम गरी पाँच राज्यमा निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचन आयोगले दिउँसो १२ बजे पत्रकार सम्मेलनमार्फत पाँच राज्यको विधानसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।

मिजोरम राज्यको विधानसभाको कार्यकाल यही वर्षको डिसेम्बर १७ मा सकिँदैछ ।

यस्तै राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र तेलंगानाको विधानसभाको कार्यकाल अर्को वर्ष जनवरीको विभिन्न मितिमा सकिनेछ ।