
काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६७ पैसा र बिक्री दर १६३ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया