
काठमाडौं, २१ असोज । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया