१ कार्तिक २०८३, शनिबार

क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ ।

नेपाल प्रहरीका जवानसमेत रहेका ऐरीको बढुवा भएर सहायक हवल्दार बनेका हुन् ।

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।

चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका छन्।

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध छन् । उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्।