३ कार्तिक २०८३, मंगलबार

स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणलाई गम्भीर रूपमा लिएको छु: प्रधानमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको बताए ।

देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्ने लडाइँमा सिंगो देश एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ ।

प्रचण्डले संघर्षको बलमा पुरानो व्यवस्था परिवर्तन गरेपनि तर पूराना नीति, संरचना, संस्कार, संस्कृति र कार्यशैली पूरै बदलिन नसकेको भन्दै देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्ने लडाइँमा सिंगो देश एक ठाउँमा उभिन जरूरी रहेको बताए ।

उनले पुरानो व्यवस्थाले थुपारेको फोहोर सफा गर्ने काम सजिलो नभएपनि सुशासनका निम्ति, समृद्धिका निम्ति, सामाजिक न्यायका निम्ति दृढतापूर्वक अगाडि बढ्नुको अर्को कुनै बिकल्प नरहेको जिकिर गरे । कार्यक्रममा स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो