३ कार्तिक २०८३, मंगलबार

केही तत्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।

बुधवार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखेका हुन् ।

उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए । कुनै पनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाई मत चाहिने समेत स्पष्ट पारे । उनले विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताए । ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुँदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ ? भनेर प्रश्न गरे ।

त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरु संवेदनशिल हुनुपर्ने बताए ।

उनले दलहरू मिल्नुको विकल्प नभएकाले मध्यावधिको बाटोमा जान नहुने बताउदै निर्वाचन भइहाले एमाललेले बहुमत ल्याउनेमा ढुक्क रहेको धारणा राखे ।