
काठमाडौं, १७ असोज । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित भएका छन् ।
रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गराएका थिए ।
गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ । आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गर्नुभएको थियो ।
बहुमतका आधारमा म्याकार्थी सभामुखबाट हटाइएका हुन् । यो कदमले रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनाव सतहमा देखाएको छ ।
फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउन सोमबार सदनमा प्रस्ताव अघि सारेका हुन् ।
डेमोर्क्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको हो । म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा अन्तिम समयमा मुलुकलाई शटडाउनबाट बचाउन खर्च विधेयक पारित गराएका थिए ।















प्रतिक्रिया