१ कार्तिक २०८३, आइतबार

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो । श्रीनिवास सुनसरीको चक्रघट्टीबाट पक्राउ परेका हुन् ।

श्रीनिवासले केही दिनअघि हातमा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए ।

श्रीनिवास यसअघि आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।