३ कार्तिक २०८३, मंगलबार

श्रीमानका हत्यारा रिगललाई आममाफी दिने निर्णयविरूद्व भारतीले सर्वोच्चमा दायर गरिन् रिट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेर जेल सजाय पाएर गुण्डा नाइने रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

रिगललाई आममाफी दिने निर्णयविरूद्व चेतनकी श्रीमती भारती मानन्धर सर्वोच्च अदालत पुगेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर आममाफी दिएका थिए । ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ ।

नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदा बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो ।

साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीनवर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलले २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोझी चोकमा दिउँसो ३ बजेतिर चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

हत्यारा छुट्नुले देशमा कानुन नभएको महशुस भइरहेको उनले बताइन् । केही समय वातावरण शान्तबनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाइन् ।

आफूले लामो कानुनी लडाईँबाट रिगललाई कारगार पुर्‍याएको बताउँदै उनले पीडित परिवारको सहमति बिना राष्ट्रपतिलाई आममाफीदिने अधिकार हुन नहुने बताइन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।