
काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।
नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी ३२ रन बनाएर आउट भएका हुन् ।
यसअघि कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए ।
यस्तै कुशल मल्ल २९, कुशल भुर्तेल २९ र आशिफ शेख १० रनमा आउट भएका थिए ।















प्रतिक्रिया