१ कार्तिक २०८३, आइतबार

गलत बयान दिएको अभियोगमा मुद्दा दायर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरि लामाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिवादी योगेन्द्र ढुंगेल विरुद्धको मुद्दामा सरकारी साक्षीको रुपमा रहेका लामाले गलत वकपत्र गरेको पाइएपछि आयोगले रु एक लाख ५० हजार बराबरको बिगो दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायबसुब्बा प्रमोद पाण्डे प्रतिवादी रहेको एक भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि गलत बयान दिएको पाइएपछि आयोगले दैलेख नमौमुले गाउँपालिकाका देवबहादुर थापा विरुद्ध पनि आइतबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा रहेको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका थापाले गलत बयान दिएको आयोगको आरोप छ । आरोपीलाई कैद र रु ३० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।