
काठमाडौं, १४ असोज । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरिएको हो ।
समितिको सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् ।
समितिको कार्यावधि ३ महिनाको हुनेछ ।















प्रतिक्रिया