
काठमाडौं, १४ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरिय छानविन आयोग गठनबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।
यसअघि आज बिहान प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आयोग गठनबारे सहमति भएको थियो ।
यस्तै, बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे पनि निर्णय गर्ने बताइएको छ ।
मन्त्रिपरिषद् बैठक साढे १२ बजे बस्दैछ ।















प्रतिक्रिया