
वीरगञ्ज, १४ असोज । राप्रपा नेपालले आज पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशील हुन्छ ।’
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए ।
सभालाई पार्टी अध्यक्ष कमल थापा, नेताहरु राजिव पराजुली ,तारानाथ लुईटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।















प्रतिक्रिया