१ कार्तिक २०८३, आइतबार

५० लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिरहा, १४ असोज । राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झण्डै ५० लाख बराबरको बेवारिसे कपडा बरामद गरेको छ ।

स्थानीय चन्द्रनारायण माध्यमिक विद्यायलको प्राङ्गणस्थित आँपको बगैँचामा थुपारिएको अवस्थामा उक्त कपडा फेला परेको थियो । विशेष सुराकीका आधारमा राजस्वका इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले कपडा नियन्त्रणमा लिएको हो ।

दसैँमा बिक्री गर्ने उद्देश्यले भन्सार छली गरेर कपडा ल्याइएको हुनसक्ने आशंका प्रमुख आचार्यले व्यक्त गरे । साथै उनले राजस्वको टोली आउँदै गरेको चाल पाएपछि तस्करहरू सामान छाडेर भागेको हुनसक्ने बताए । सुटिङका कपडा, सारी, तयारी पोशाकलगायतका सामान बरामद गरिएको हो । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।