
काठमाडौं, १० असोज । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनी सनराईज क्यापिटल लिमिटेडले १३औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।
कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न साधारणसभाले प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको छ ।
यस्तै, आ.व. २०८०/०८१ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखापरीक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयर होल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारणसभाले गरेको छ ।
कम्पनीले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफलभएको जनाएको छ ।
कम्पनीले इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हाल ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्डमध्य सन्राइज फस्र्ट म्युचुअलले आफ्नो चौथौ सञ्चालन वर्षसम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया