३ कार्तिक २०८३, मंगलबार

विरोधीहरुले एमालेलाई घेराबन्दी गरेर अनेक हतकण्डा अपनाए: केपी शर्मा ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमालेलाई घेराबन्दी गरेको बताएका छन् ।

सुर्खेतमा कर्णाली प्रदेशको पहिलो अधिवेशनको उद्घान गर्दै अध्यक्ष ओलीले विरोधीहरुले एमालेलाई घेराबन्दी गरेर अनेक हतकण्डा अपनाएको बताएका हुन् । अध्यक्ष ओलीले सबै घेराबन्दीलाई एमाले तोडेर अघि बढ्न सक्षम बताउँदै त्यसको लागि एमालेले मिसन २०८४ को अभियान सुरु गरेको स्पष्ट परे । नेकपा एमालेलाई २०८४ मा एकल बहुमतको पार्टी बनाउनु पर्ने उनको भनाइ छ ।

ओलीले विरोधीहरूले सहमतीबाट नेतृत्व छाने एमालेमा चुनाव हुन दिइएन भन्ने चुनाव गरे ओलीले भनेको कसैले टेरेनन् भन्ने गरेको बताए ।विरोधीहरुको कुनै नियम र तरिका नहुने बताउँदै ओलीले यसबाट एमालेका नेता कार्यकर्ता बिचलित हुनु नहुनेमा जोड दिए ।

राष्ट्रिय स्वाभिमानको झण्डा एमालेले मात्र उठाउने दाबी गर्दै उनले यदि कसैलाई यसो भन्दा चित्त दुख्छ भने एमालेसँग सहकार्य गर्न आउन आह्वान गरे ।