३० आश्विन २०८३, शुक्रबार

मुख्य सचिव पौडेल सरसफाइमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lilamani-poudyel_20120811104511काठमाडौँ, २१ जेठ । मुख्य सचिव लीलामणि पौडेलले   बुधवार ठमेलस्थित प्राचीन ढुङ्गेधारा (गाहिटी) को सरसफाइमा सहभागी हुनुभयो ।

काठमाडौँ महानगरपालिकाले सिठी नखःका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा मुख्य सचिव पौडेलले स्थानीयवासीको सहभागितामा नदी, किनारा तथा पानीको मुहान सफा राख्ने सांस्कृतिक पर्व (सिठी नखः) को संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्पूर्ण नगरवासीले टोल सफा राखी सभ्य नागरिकको परिचय दिनुपर्ने भन्दै उपत्यकाबाहिर भोलि बिहान ७ बजे स्थानीय टोल, वडा सरसफाइमा सहभागी हुन सम्बन्धित स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले प्राचीन समयदेखि नै सिठी नखःका दिन पानीको विभिन्न स्रोतको सफा गर्ने प्रचलन रहेको भए पनि सो संस्कृति अहिले लोप हुन लागेकाले त्यसको संरक्षणका लागि महानगरका सम्पूर्ण वडामा आज सरसफाइ गरिएको बताउनुभयो ।

उहाँले स्थानीयवासीले सम्बन्धित टोल तथा क्षेत्रमा सरसफाइका लागि महानगरपालिकालाई आग्रह गरेमा आफ्नो संस्थाले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यसैबीच नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहकार्यमा महानगरका ३५ वटा वडामा सरसफाइ गरिएको बताइएको छ ।