३ कार्तिक २०८३, मंगलबार

यो दशैँमा एकजनाले कति नयाँ नोट साट्न पाउँछन् ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले यो पटकको दशैँमा एक व्यक्तिले नयाँ नोट साट्न पाउने सीमा निर्धारण गरेको छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही गर्न पाउने जनाएको छ । राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ ।

राष्ट्र बैंकले घटस्थापनाको दिनदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ ।

राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ ।