८ कार्तिक २०८३, आइतबार

सुरक्षा माग्दै डाक्टरहरू सडकमा (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगायत प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागु गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगायका नारा लगाएका थिए ।

उपचारका क्रममा डाक्टरहरु कुटिनु दुखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताएका छन् ।

त्यस्तै उनीहरुले अब सरकारसँग उधारो सहमति मान्य नहुने स्पष्ट पारेका छन् । पोखराको मणिपाल अस्पताल, चितवन लगायतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरु आन्दोलित भएका हुन् ।