१ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष खोजीको सूचीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ९ असोज । रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।

पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासंघको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार ‘एजेन्सी’हरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।

सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहेका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् । एएफपी