१ कार्तिक २०८३, आइतबार

भन्सार छलि गरेर ल्याएको ८५५ बोतल मदिरासहित पाँच जना भारतीय पक्राउ

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ८ असोज । मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याएको ८ सय ५५ बोतल मदिरासहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेका छन् ।

गत शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आइतबार बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।