
काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्वको मुद्दाको सुनुवाई सकिएको छ ।
प्रचण्डले २०७३ वैशाखमा द्वन्द्वकालीन मुद्दाबारे बोल्दै अदालतमा आफूविरुद्ध षडयन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको विवादास्पद अभिव्यक्ति दिएका थिए।
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सात वर्षमा बल्ल मुद्दाको सुनुवाई सकिएको हो । अदालतको फैसला मंसिर २८ गते सुनाउने तय भएको छ ।
आरोप ठहर भएमा अदालतले कैद, जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । अदालतको अवहेलना मुद्दामा माफी माग्ने अवसर पनि दिन सक्ने कानुनी व्यवस्था छ।















प्रतिक्रिया