२८ आश्विन २०८३, बुधबार

डा. विष्टको वेबसाइट सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Mahendra Bista

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्षका उम्मेदवार डा. महेन्द्र विष्टको व्यक्तिगत बेवसाइट महेन्द्र विष्ट डटकम (mahendrabista.com) सार्वजनिक गरिएको छ ।

राजधानीमा अनलाइन पत्रकार संघसँगको छलफल कार्यक्रममा डा. विष्टको बेवसाइट सार्वजनिक गरिएको हो । संघका अध्यक्ष प्रवेश सुवेदीले बेवसाइट सार्वजनिक गर्नुभयो ।

अनलाइन पत्रकारसंगको छलफलमा डा. विष्टले नेपाल पत्रकार महासंघको पुनर्संरचानका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । तीन किसिमले महासंघको पुर्नसंरचना गर्न जरुरी रहेको भन्दै उहाँले नीति, सांगठानिक पुनरसंरचना र कार्यशैलीका आधारमा पुनर्संरचना गरिनुपर्ने बताउनुभयो ।

पुर्नसंरचना गर्दा व्यवसायिकतालाई कसरी बचाउने भनेर सोच्नुपर्ने उहाँको भनाइ थियो । उहाँले साइबर कानुन र अनलाइन पत्रकारले भोगेका समस्या समाधानमा आफू गम्भीर भएको समेत बताउनुभयो ।

छलफलमा कोषाध्यक्षका उम्मेदवार सुर्यमणि गौतम, केन्द्रीय सदस्यका उम्मेदवार लक्की चौधरी र पवन बर्षा शाह, प्रेस चौतारी नेपालका सचिव गणेश पाण्डेको पनि उपस्थिति थियो ।

mahendra-bista-online