१ कार्तिक २०८३, आइतबार

अमेरिकाको एक सपिङ मलमा गोली हानाहान, तीनको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

जर्जिया, ७ असोज । अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शनिवार दिउँसो १ः३० बजे दक्षिण पश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार गरिएको बताइएको छ । त्यसपछि अधिकारीहरूलाई घटनास्थलमा बोलाइयो ।

प्रारम्भिक अनुसन्धानका अनुसार तीन जना पीडित मध्ये एकले गोली चलाएको हो । पहिले उनले ती दुई जनालाई भेटेर फायरिङ गरे । उनीहरु मध्ये एकले पेस्तोल निकालेर जवाफी फायर गरेको प्रहरीले जनाएको छ ।

समाचार अनुसार तीनै जना पुरुष थिए । तीमध्ये एकको उमेर १७ वर्ष र अर्कोको उमेर २० वर्षको थियो भने तेस्रोको ३० वर्षको थियो । प्रहरीले अभियुक्तको परिचय भने खुलाएको छैन । समाचार अनुसार प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी