३० आश्विन २०८३, शुक्रबार

एमाले मोरङले आजबाट प्रभावित क्षेत्रमा खाद्यान्न पठाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemaleविराटनगर, २० जेठ । नेकपा (एमाले)मोरङले भूकम्पपीडितका लागि आजबाट राहत सामग्री पठाउन लागेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा सात हजार पीडितलाई पुग्ने गरी २४ हजार १४५ क्विन्टल चामल पठाउन लागिएको हो ।

गाउँ, क्षेत्रीय र जिल्ला समितिबाट चामलका साथै बिस्कुटलगायतका सङ्कलित सामान पहिलो चरणमा सिन्धुली जिल्लामा २१ टन पठाउन लागिएको नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो ।

विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय नजिकका क्षेत्र र गाउँ समितिलाई पार्टी कार्यालयमा र टाढाका समितिलाई सोझै प्रभावित क्षेत्रमा पठाउन लागिएको प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले बताउनुभयो ।

राहत सामग्री वितरण र सङ्कलन कार्य जारी नै रहने पार्टी अध्यक्ष रेग्मीले भन्नुभयो । रासस