१ कार्तिक २०८३, आइतबार

बाँकेको बाल सुधार गृहमा तोडफोड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । गएराति सुधार गृहमा रहेका थुनुवाका बीच आपसी झगडा हुँदा तोडफोड भएको हो ।

उनीहरूले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका हुन् ।

सुधार गृहभित्र रहेका थुनुवाहरुले अहिले पनि नाराबाजी गरिरहेको प्रहरीले जनाएको छ । अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ ।