३ कार्तिक २०८३, मंगलबार

शिक्षकहरूको आन्दोलन चलिरहँदा बालेनले किन सम्झिए लक्ष्मीप्रसाद देवकोटाको कविता ?

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बानेश्वरमा शिक्षकहरूको आन्दोलन चलिरहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा शिक्षकहरूको आन्दोलनका क्रममा बानेश्वरस्थित सडक किनारमा लगाइएको दुबो र बोट बिरूवा तहस नहस भएपछि उनले देवकोटाको कविता स्मरण गरेका हुन् ।

उनले दुबो र बोट बिरूवा तहस नहस भएको तस्वीर राख्दै लेखेका छन्–नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ,नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघको अगुवाइमा देशैभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन् ।