
काठमाडौं, ४ असोज । क्रिकेट राष्ट्रिय टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् ।
चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन् ।
उनको क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उनको आजै शल्यक्रिया गर्ने तयारी भएको क्यानले जनाएको छ ।















प्रतिक्रिया