काठमाडौं, १९ जेठ । नेपालमा कार्यरत नागरिक समाज र गैरसरकारी संस्थाहरुको अवस्थाको बारेमा अनुसन्धान हुने भएको छ ।
दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका ७ वटा देशहरुमा हुन लागेको अनुसन्धानले नागरिक समाज र गैरसरकारी संस्थाहरुको अवस्था विश्लेषण गरी यही सन २०१५ को अन्त्यसम्ममा प्रतिवेदन सार्वजनिक गर्ने छ । नेपालमा अनुसन्धानको संयोजन गोगो फाण्डेसनले गर्ने अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो ।
उहाँले नागरिक समाज र गैरसरकारी संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अनुसन्धान महत्वपुर्ण हुने बताउनुभयो । अनुसन्धानले गैरसरकारी संस्थाहरुलाई नियम गर्ने कानून, उनीहरुको आर्थिक हैसियत, कार्यक्षमता, आन्तरिक सुशासनको आवस्था, आर्थिक परिचालनको अवस्था, संस्थागत व्यवस्थापन लगायतका विषयको तथ्य सार्वजनिक गने, संस्थागत व्यवस्थापन लगायतका विषयको तथ्य सार्वजनिक गर्नेछ ।
गैरसरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्कीले देशमा संस्थाहरु उत्साहित भएर खुलेपनि सोही अनुसार क्रियाशिल हुन नसकेको बताउदै यस्ता अनुसन्धानले कमजोरी सुधारमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले सरकारी नीति स्पष्ट भएपनि अनुगमन र नियमनको अभाव रहेको बताउनुभयो । अध्यक्ष कार्कीले देशभर ४० हजारभन्दा बढी संस्था दर्ता भएपनि हालसम्म ६ हजारमात्र महासंघमा आवद्ध रहेको जानकारी दिनुभयो ।
















प्रतिक्रिया