काठमाडौं, २१ जेठ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ ।
पार्टी कार्यालय बल्खुमा जारी बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गर्नु भएको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
एमाले सचिव युवराज ज्ञवालीले महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनको बारेमा बोल्न बाँकी नेताहरुले आजको बैठकमा आआफ्नो धारणा राख्ने बताउनुभयो ।
बैठकमा विधान संसोधन प्रस्तावमाथि पनि छलफल हुने हुनेछ । एमाले सचिव तथा संगठन बिभाग प्रमुख युवराज ज्ञवालीले हिजो पेश गर्नु भएको प्रस्ताव बिहान संगठन विभागमा छलफल गरेकाले केन्द्रीय समितिमा छलफल चलाइने बताइएको छ ।
एमालेमा उपाध्यक्ष र सचिवको संख्या थप्ने बारे छलफल जारी छ ।
















प्रतिक्रिया