२ कार्तिक २०८३, सोमबार

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।