– अर्जुन सिंह
महेन्द्रनगर, १९ जेठ । वन, वाताबरण, जैविक विबिधता संरक्षण र जलवायु परिवर्तत सम्बन्धि चेतना अभिबृद्धि गर्न कञ्चनपुरका युवाले युवा सूचना केन्द्र स्थापना गरेका छन् ।
वातावरण संरक्षणमा युवा सहभागिता बढाउन कृष्णपुरको बाणीमा पुस्तकालयको स्थापना गरिएको युवा सूचना केन्द्र कञ्चनपुरका अध्यक्ष अर्जुन साउँदले जानकारी दिनुभयो ।
तराई भुपरिधी कार्यक्रम धनगढीको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक वन समन्वय समितिको कञ्चनपुरको सहयोगमा युवा सूचना केन्द्र स्थापना गरिएको हो । ग्वालावारी सामुदायिक वन परिसरभित्र स्थापना गरिएको पुस्तकालयमा युवाहरुलाई लक्षित गरी समाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र जैविक विविधताका विषयमा लेखिएका पुस्तकहरु पुस्तकालयमा राखिएका छन् ।
पुस्तकालयमा सबैले अध्यायन गर्न सकिने बताईएको छ । संरक्षणमा युवाहरुको भुमिका अहम रहने भन्दै युवा सशक्तिकरण गरी क्षमता अभिबृद्धि गरिने सूचना केन्द्रका अध्यक्ष साउँदले बताउनुभयो । सामुदायिक वन समन्वय समिति कञ्चनपुरको पहलमा स्थापना गरिएको युवा सुचना केन्द्रमा ताल धनगढीले पहिलो चरणमा संरक्षण सम्बन्धिका पुस्तकहरु, कम्प्युटर, कुर्सी, कार्पेट, दराज र र्याक लगायतका सामग्रीहरु दिएको छ ।
सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीका अनुसार ग्रामिण क्षेत्रका युवाहरुलाई लक्षित गरी संरक्षणमा जोडन सुचना केन्द्रं संंचालनमा ल्याईदै गरेको बताएका छन् ।
जोशीका अनुसार युवाहरुलाई भेला गरी स्वास्थ्य र खेलकुद सम्बन्धि चेतना मुलक कार्यक्रम समेत संचालन गरिने बताएका छन् । केन्द्रका अध्यक्ष साउँदका अनुसार युवाहरुका लागि केही दिनमै कार्यालय क्षेत्रलाई ‘वाई फाई फ्री जोन’ बनाईने बताएका छन् ।















प्रतिक्रिया