
काठमाडौं, ३० भदौ । नेकपा एमाले बागमती प्रदेश कमिटी प्रथम अधिवेशनको लागि काठमाडौंको टोखा नगरबाट ४ जना महिला र ६ जना खुला गरी १० जना प्रतिनिधिको सर्वसम्मत छनोट भएका छन् ।
प्रतिनिधिका लागि १८ जना आकांक्षी रहेका थिए । तर, टोखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलको सक्रियतामा १० जनालाई सर्वसम्मत गरिएको हो ।
अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई उचित स्थान दिन नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले स्वयम् पछाडि हट्दै सहमतिका लागि पहल गरेका थिए ।
टोखानगरबाट प्रतिनिधिमा छनोट हुनेहरूमा महिलातर्फ ज्ञानमाया डंगोल, भगवती गौतम, देवमाया आचार्य र मञ्जु शर्मा रहेका छन् । यस्तै, खुलातर्फ प्रकाश अधिकारी, नारायण भाइ श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, प्रेमराज सिलवाल र सुरज कुमार पाण्डे रहेका छन् ।















प्रतिक्रिया