१ कार्तिक २०८३, शनिबार

‘स्पेनिस फुटबल महासंघले गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन सकेन’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्पेन, ३० भदौ । स्पेनको महिला विश्वकप टोलीका लगभग सबै खेलाडीले स्पेनिस फुटबल महासंघले हालै गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन नसकेको बताएका छन् ।

उनीहरूले हालै सम्पन्न महिला विश्वकपमा स्पेनी टालीले उपाधि जित्न सफल भएपछि स्पेनी प्रशिक्षकद्वारा एक खेलाडीलाई चुम्बन खाएपछि यस प्रकरणका कारण विश्वव्यापी रूपमा स्पेन र स्पेनी प्रशिक्षकको आलोचना भएको थियो । यसै विवादबारे समाधानका लागि भन्दै महासंघले केही नीतिगत सुधारको आश्वासन दिएको छ । तर फुटबलका स्पेनी महिला खेलाडीले सुधार पर्याप्त नभएको जनाएका हुन् ।

महिला विश्वकप टोली एक्समा फुटप्रो युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले आज महासंघलाई जानकारी गराएका छौं, जहाँ महिला फुटबललाई समर्थन गरिन्छ त्यहाँ हामीले हाम्रो अधिकतम प्रदर्शन दिन सक्छौँ । तर पछिल्लो परिवर्तनपछि पनि खेलाडीहरू आफू सुरक्षित स्थानमा रहेको महसुस गर्न पर्याप्त छैन ।’

विज्ञप्तिमा महिला राष्ट्रिय टोलीका २३ खेलाडीमध्ये २१ खेलाडीले हस्ताक्षर गरेका छन् । एएफपी