
काठमाडौं, ३० भदौ । एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको छ ।
हिजो शुक्रबार राति भएको खेलमा भारत बंगलादेशसँग पराजित भएको हो । बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुँदै २५९ रन बनाएपछि खेल ६ रनले पराजित भएको हो । भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो ।
योसँगै एसिया कपको सुपर फोरका खेलहरु सकिएका छन् । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलंकासँग भोलि आइतबार खेल्नेछ ।















प्रतिक्रिया