७ कार्तिक २०८३, शनिबार

काँग्रेस नेता यादवमाथि आक्रमण र कान्ति बाल अस्पतालको घटनामा छानबिन भइरहेको छ: प्रधानमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुृष्पकमल दाहाल प्रचण्डले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण र कान्ति बाल अस्पतालको घटनामा अनुसन्धान भइरहेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको र आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् । यस प्रकारका आक्रमणका घटना हुन नदिन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्रीले कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा अध्ययन प्रतिवेदनका आधारमा आकस्मीक कक्षमा खटिएकाहरुबाट संवेदनशीलता प्रदान गर्न नसकेको बताए ।

अस्पतालले सुधार गर्न नसकेका व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष रहेको उनले बताए ।

घटनामा दोषी पाइएकालाई कारवाहीको दायरामा ल्याइने र आगामी दिनमा यस्ता घटना दोहरिन नदिन थप कदम चालिने उनले बताए ।