
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्रीले संसदलाई आसन्न अमेरिका र चीन भ्रमणकाबारेमा संसदलाई जानकारी गराउन लागेका हुन् । प्रधानमन्त्री असोज ५ गते अमेरिका जाँदैछन् ।
उनी उतैबाट चीन पुगेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया