
काठमाडौं, २९ भदौ । श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ । गएराति एसिया कपको सुपर फोर अन्तर्गत श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वर्षाले प्रभावित हुँदा ४२-४२ ओभर खेलाइएको खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।
श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउँदै फाइनलमा पुर्याएका थिए । उनले अविजित ४९ रन बनाएका थिए ।
जितसँगै श्रीलंका फाइनलमा पुगेको छ । एसिया कपको फाइनल खेल आइतबार हुनेछ । उपाधिका लागि श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया