६ कार्तिक २०८३, शुक्रबार

घर फर्किरहेकी विवाहित महिलालाई सामुहिक बलात्कार गर्नेलाई १० वर्ष कैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailइलाम, १९ जेठ । सामूहिक बलात्कार गर्ने छ जनालाई जिल्ला अदालत इलामले जनही १० वर्ष कैद फैसला सुनाएको छ ।

तीन वर्षअघि एक महिलालाई बजारबाट घर फर्कने क्रममा सामूहिक बलात्कार गर्ने बाँझो-२ का फिरज लिम्बू, केशर लिम्बू, झापा दमक–१ का आश्विन राई, प्रवीन कुमाल, अनील लिम्बू र सुरज कुमालविरुद्ध सो फैसला सुनाएको हो ।

सामूहिक बलात्कारमा संलग्न उनीहरू हाल फरार रहेकाले मुल्तबीबाटै उनीहरूलाई कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले उनीहरूलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (५) बमोजिम जनही पाँच वर्ष कैद र सोही महलको ३ (क) बमोजिम थप पाँच/पाँच वर्ष कैद र पीडितलाई रु १०/१० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । रासस