३० आश्विन २०८३, शुक्रबार

मङ्गलबार नेप्सेमा १२ अङ्को वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepseकाठमाडौँ, १९ जेठ । बजार खुल्ने समयमा केही तल रहेको नेप्से परिसूचक आज बजार बन्द हुँदासम्म ११ दशमलव ५५ अङ्कले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज नेप्से ९०१.९८ मा पुगेको छ । एक हजार ५०९ पटक भएको पाँच लाख ४९ हजार ८९९ को सेयर कारोबार भइ रु २४ करोड ६३ लाख ५१ हजार ५२१ को कारोबार भएको थियो । बजार खुल्दा भूकम्पपछि खुलेको साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६७.८६ अङ्कले घटेर अन्तिम दिन ८४१.९६ अङ्कमा पुगेको थियो ।

पहिलो सातामा नेपाल स्टक एक्सचेन्जमा १११ कम्पनीको कारोबार भएको छ । जस अनुसार पाँच हजार १४७ कारोबारबाट रु ७४ करोड ५७ लाख ३१ हजार बराबरका १९ लाख १४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका छन् । रासस