७ कार्तिक २०८३, शनिबार

डाक्टर कुटपिट प्रकरण: श्रीमती र छोरीपछि छोरा र भतिज पनि पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २८ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

एक महिनाअघि डेंगु संक्रमणबाट हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटपिट गरेका थिए ।

उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले यसअघि नै मृतक प्रधानकी श्रीमती रमा र छोरी रमितालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।