३ कार्तिक २०८३, मंगलबार

सुवास नेम्वाङलाई छोराहरू मिङ्सो र सोहाङले दिए दागबत्ती (तस्वीरहरू)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।त्यसक्रममा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो।

उनलाई छोराहरू मिङ्सो र सोहाङले दागबत्ती दिए । त्यसअघि नेम्वाङलाई अन्तिम बिदाई गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरू पशुपति आर्यघाट पुगेका थिए ।

प्रधानमन्त्रीले नेम्वाङको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाएका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए ।

नेम्वाङको सोमबार राति हृदयघातबाट निधन भएको हो ।